अस्ट्रेलियासँग पराजित भएसँगै समूहचरणबाटै बाहिरियो नेपाल

हिमाल प्रेस ९ माघ २०८१ १५:२९ | Wednesday, January 22, 2025
अस्ट्रेलियासँग पराजित भएसँगै समूहचरणबाटै बाहिरियो नेपाल

काठमाडौँ- नेपालले आईसीसी यु-१९ ट्वान्टी-२० विश्वकपमा लगातार तेस्रो पराजय बेहोरेको छ। बुधबार समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल अस्ट्रेलियासँग ८३ रनले पराजित भयो। यो हारसँगै नेपालको सुपर सिक्स पुग्ने सम्भावना समाप्त भएको छ। यसअघि नेपाल बंगलादेशसँग पाँच र स्कटल्यान्डसँग एक विकेटले पराजित भएको छ।

यता लागतार ते्रस्रो जितसँगै अस्ट्रेलिया समूह ‘डी’ को विजेताका रूपमा सुपर सिक्स प्रवेश गरेको छ। अस्ट्रेलियाले यसअघि स्कटल्यान्डलाई ९ र बंगलादेशलाई दुई विकेटले पराजित गरेको थियो।

मलेसियाको वाइएसडी युकेएम ओभलमा अस्ट्रेलियाले प्रस्तुत गरेको १४० रनको लक्ष्य पछ्याएको नेपालले २० ओभर नै ब्याटिङ गरे पनि आठ विकेट गुमाउँदै ५६ रन मात्रै बनाउन सक्यो।

नेपालका लागि कप्तान पूजा महताले १८ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। अस्ट्रेलियाका लागि लिली बासिङथ्वाइट, जुलिएट मोर्टन र हसरत गिलले समान दुई र क्लो एन्वर्थले एक विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३९ रनको योगफल तयार पारेको थियो। अस्ट्रेलियाका लागि काओइमहे ब्रेले ३४ बलमा सामनामा तीन चौका र छक्काको मद्दतले सर्वाधिक ४५ रनको योगदान गरिन्। यसैगरी एलेनोर लारेसाले ३१, हसरत गिलले अविजित ३० र क्लो एन्वर्थले अविजित १६ रन बनाए।

नेपालका लागि कप्तान पूजा महतोले तीन, सीमाना केसीले दुई र रिया शर्माले एक विकेट लिए।

प्रकाशित: ९ माघ २०८१ १५:२९ | Wednesday, January 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast