 
                             
                                            काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत रोब फेनले आज शिष्टाचार भेट गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवारमा भएको भेटमा दुई पक्षीय सम्बन्ध र हितका विविध विषयमा छलफल भएको थियो।
सो अवसरमा बेलायती राजपरिवारका सदस्य डुक अफ इडिनबर्गको आशन्न नेपाल भ्रमणका विषयमा पनि छलफल भएको थियो। भेटका अवसरमा परराष्ट्र मन्त्रालयका उच्चाधिरीको सहभागिता थियो।
                            प्रकाशित: ८ माघ  २०८१ १७:०२ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 