युनाइटेडको खराव लय यथावत

हिमाल प्रेस ७ माघ २०८१ ८:१० | Monday, January 20, 2025
युनाइटेडको खराव लय यथावत फाइल तस्बिर

काठमाडौँ- १३ पटकको इंग्लिस प्रिमियर लिग विजेता म्यानचेस्टर युनाइटेड यसपटक खराव लयबाट गुज्रिरहेको छ। यो सिजन युनाइटेडले खेलेका २२ खेलबाट ७ वटामा जित निकाल्दा १० वटामा हार व्यहोरेको छ। जसमा ५ वटा खेलमा बराबरी गर्दै १३ औँ स्थानमा छ।

युनाइटेडले प्रिमियर लिगमा कमजोर मानिएका टिमसँग पनि जित निकाल्न सकेको छैन। यसले गर्दा युनाइटेडको साख उठ्न सकेको छैन। आइतबार रातिको खेलमा पनि युनाइटेडले ब्राइटनसँग पराजित हुन पर्‍यो। घरेलु मैदानमा ब्राइटनसँगको भेटमा युनाइटेट ३-१ गोलले पराजित भयो।

वर्ल्ड ट्राफोर्डमा खेलको पाँचौं मिनेटमै यान्कुबा मिन्तेहले युनाइटेडविरुद्ध गोल गरे। २३ मिनेटमा पेनाल्टीमार्फत ब्रूनो फर्नान्डिजले बराबरी गोल फर्काएका थिए।

६० मिनेटमा काउरू मिटोमाले गोल गरी ब्राइटनलाई अग्रता दिलाएका थिए। ७६ मिनेटमा पुनः ब्राइटनकै जर्जिनिओ रूटरले गरेको गोल निर्णायक बनेपछि युनाइटेड घरमै स्तब्ध भएको हो।

प्रकाशित: ७ माघ २०८१ ८:१० | Monday, January 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast