वामदेव गौतमले एमालेमा ‘प्यार’ देखाउँदा कार्यकर्ता माओवादीमा!

हिमाल प्रेस ७ माघ २०८१ ६:३१ | Monday, January 20, 2025
वामदेव गौतमले एमालेमा ‘प्यार’ देखाउँदा कार्यकर्ता माओवादीमा!

काठमाडौँ- वामदेव गौतम पछिल्लो समय नेकपा एमालेमा प्रवेश गर्ने चर्चा चलिरहेको छ। उनी निकट केही नेताहरू एमालेसँग एकता गर्न तयार रहेको अभिव्यक्ति दिइरहेका छन्। यता एमाले भने वामदेवसँग संवाद भए पनि कुरा अन्तिम चरणमा नपुगेको बताउँछ। वामदेवले एमाले जाने चर्चा चलाएपछि यता उनको पार्टी नेकपा एकता राष्ट्रिय अभियान फुटेको छ।

उपाध्यक्ष महेन्द्र अर्यालको नेतृत्वमा बहुमत केन्द्रीय समिति सदस्य वामदेवबाट अलग्गिएको हो। आइतबार रिपोर्टस क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनीहरूले नेकपा एकता राष्ट्रिय अभियान परित्याग गरेको घोषणा गरेका हुन्।

अर्याल नेकपा एकता राष्ट्रिय अभियानमा लुम्बिनी प्रदेश इन्चार्ज थिए। त्यस्तै कर्णाली प्रदेश इन्चार्ज डिल्लीराज भट्टराई, कोशी प्रदेश इन्चार्ज इन्द्र सुब्बा र मधेस प्रदेश इन्चार्ज हरि काफ्लेले वामदेवको साथ छाडेका छन् ।

उनीहरूले एकता र समायोजनको लागि विचार मिल्ने नेकपा माओवादी केन्द्रलगायतका विभिन्न वामपन्थी दलसँग वार्ता गर्ने गरी ४ सदस्य वार्ता समितिसमेत गठन गरेका छन्।

वार्ता समितिको संयोजक अर्याल रहेका छन् भने काफ्ले, सुब्बा र भट्टराई उक्त समितिमा सदस्य रहेका छन् ।

वामदेव निःशर्त ढंगले एमालेमा प्रवेश गर्नुपर्छ भन्ने ढंगले अगाडि बढेपछि विभाजनको बाटो रोज्नुपरेको उनीहरूले बताए। एमालेभन्दा माओवादी केन्द्र नै अग्रगामी शक्ति रहेको उनीहरूको निष्कर्ष छ ।

प्रकाशित: ७ माघ २०८१ ६:३१ | Monday, January 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast