बाबा रामदेवविरूद्ध पक्राउ पुर्जी

हिमाल प्रेस ६ माघ २०८१ १७:२१ | Sunday, January 19, 2025
बाबा रामदेवविरूद्ध पक्राउ पुर्जी

काठमाडौँ- बाबा रामदेव र उनका सहयोगी आचार्य बालकृष्णविरूद्ध पक्राउ पुर्जी जारी भएको छ। पतञ्जली आयुर्वेदको स्वास्थ्यसम्बन्धी उत्पादनहरूको भ्रामक विज्ञापन गरेको आरोपमा केरलाको एक अदालतले उनीहरूविरूद्ध पक्राउ पुर्जी जारी गरेको हो।

पतञ्जलीले भ्रामक विज्ञापन गरेको आरोप लगाउँदै केरलाका औषधि नियामक निकायले उजुरी गरेका थिए। ओषधि नियामक निकायको उजुरीपछि पालक्काड जिल्ला अदालतले रामदेव र बालकृष्णविरूद्ध पक्राउ पुर्जी जारी गरेको हो।

रामदेवविरूद्ध पहिलोपटक पक्राउ पुर्जी जारी भएको हो। केरलाका एक चिकित्सकले करिब तीन वर्षअघि केन्द्र सरकारसँग पतञ्जलीको भ्रामक विज्ञापनबारे उजुरी गरेका थिए। पतञ्जलीविरूद्ध केरलामा १० र उत्तराखण्डमा एक मुद्दा दायर भएका थिए।

रामदेव र बालकृष्णविरूद्ध जमानतसहितको पक्राउ पुजी जारी भएको ‘द टेलिग्राफ अनलाईन’ ले जनाएको छ।

कन्नुरस्थित नेत्र विशेषज्ञ डा.केभी बाबुले दायर गरेको उजुरीका आधारमा केरलाको औषधि नियन्त्रण विभागले सन् २०२३ नोभेम्बरमा राज्यभरका कार्यालयहरूलाई पतञ्जलीविरूद्ध औषधि तथा आपत्तिजनक विज्ञापन ऐन उल्लंघन गरेको आरोपमा कानुनी कारबाही थाल्न निर्देशन दिएको थियो।

ऐनविपरित उक्त रक्तचाप र मधुमेहलगायतका स्वास्थ्यसम्बन्धी समस्या समाधान गर्न सक्ने विज्ञापन पतञ्जलीले गरेका थियो।

प्रकाशित: ६ माघ २०८१ १७:२१ | Sunday, January 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast