प्रिमियर लिग : ब्रेनफोर्डसँगको जितले मजबुत लिभरपुल

हिमाल प्रेस ६ माघ २०८१ ७:५९ | Sunday, January 19, 2025
प्रिमियर लिग : ब्रेनफोर्डसँगको जितले मजबुत लिभरपुल

काठमाडौँ- इंग्लिस प्रिमियर लिगमा लगातारको जितले फराकिलो अंक दूरीका साथ लिभरपुल शीर्षमा मजबुत बनेको छ। आइतबार राति दोस्रो स्थानको आर्सनल एस्टन भिल्लासँग जित जोगाउन नसक्दा लिभरपुललाई सजिलो बनेको छ। शनिबार रातिकै खेलमा लिभरपुलले ब्रेनफोर्डलाई पराजित गरेर ३ अंक थप्दा लिगमा ६ अंकको दूरी कायम गरेको छ।

लिभरपुलको जितमा ९० मिनेटसम्म बराबरीमा रोकिएको खेलमा इन्जुरी समयमा दुई गोल गर्दै रोमाञ्चक जित दर्ता गर्न सफल भयो।

सब्सिच्युटको रूपमा आएका उरुग्वियन स्टार डर्विन नुनेजले ९१ औँ मिनेटमा गोल गर्दै टिमलाई १-० गोलको अग्रता दिलाएपछि लिभरपुल खेमामा खुसीयाली छाएको थियो।

६२ प्रतिशत बल आफ्नो पक्षमा रहे पनि लिभरपुलले गोल गर्नको लागि ९१ औँ मिनेटसम्म कुर्नुपरेको थियो । नुनेजले पुनः ९३ औँ मिनेटमा गोल गर्दै लिभरपुललाई रोमाञ्चक जित दिलाए।

जितपछि २१ खेलबाट ५० अंक सहित तालिकाको पहिलो स्थानमा कायम छ । पराजित भएको ब्रेनफोर्डको २२ खेलबाट २८ अङ्क भएको छ र उ तालिकाको ११ औँ स्थानमा छ ।

शनिवार रातिनै भएको खेलमा क्रीष्टल प्यालेसले वेस्टह्याम्पलाई २-० ले पराजित गरेको छ ।

प्रकाशित: ६ माघ २०८१ ७:५९ | Sunday, January 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast