काठमाडौँ- गाजामा युद्धविराम गर्ने र बन्धकलाइ रिहाइ गर्ने हमाससँगको सम्झौतालाई इजरायली मन्त्रिपरिषद्ले अनुमोदन गरेको छ।
यससँगै यो सम्झौता आइतबारदेखि लागू हुने भएको छ। प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालय र हमासले केही घण्टाअघि नै सम्झौताको मस्यौदालाई अन्तिम रूप दिएको बताएको बीबीसीको समाचारमा उल्लेख छ।
बुधबार अमेरिका र कतारले पहिलो पटक एजरायल र हमासबीच सम्झौताको घोषणा गरेका थिए। यसपछि इजरायली मन्त्रिपरिषद्ले बिहीबार नै सहमतिलाई अनुमोदन गर्ने भनिएको थियो । तर प्रधानमन्त्री नेतान्याहुले क्याबिनेटको मतदान स्थगित गर्दै हमासले सम्झौता परिवर्तन गर्न खोजेको आरोप लगाएका थिए।
प्रकाशित: ५ माघ २०८१ ९:२५
प्रतिक्रिया