काठमाडौँ- आज काठमाडौँको तापक्रम झनै घटेकाले चिसोको महसुस झनै बढी भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ४.३ डिग्री सेल्सियस मापन भएको छ।
शुक्रबार बिहानको तापक्रम ६.४ डिग्री सेल्सियस मापन भएको थियो। रातिको समयमा आकाशमा बादल हुँदा बिहान न्यूनतम तापक्रम बढी हुने र आकाश खुला हुँदा न्यूनतम तापक्रम केही घटेर केही बढी चिसो महसुस हुने मौसमविदहरू बताउँछन्।
शनिबार दिउँसो काठमाडौँको आंशिक बदली रहने मौसम मुख्यतया सफा रहने महाशाखाले पूर्वानुमान गरेको छ। अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियसकाबीच रहने आकलन छ।
प्रकाशित: ५ माघ २०८१ ८:१५
प्रतिक्रिया