काठमाडौँका यी स्थानमा आज जाँदैछ बिजुली

हिमाल प्रेस ५ माघ २०८१ ६:१८ | Saturday, January 18, 2025
काठमाडौँका यी स्थानमा आज जाँदैछ बिजुली प्रतिनिधिमूलक तस्बिर

काठमाडौँ- काठमाडौँ उपत्यका केही स्थानमा आज बिजुली कटौती हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणले मर्मत सम्भारका कारण ललितपुरका विभिन्न स्थानमा आज बिजुली कटौती हुने जानकारी दिएको छ।

प्राधिकरणले सूचनामार्फत पुल्चोक वितरण केन्द्रको यूएन पार्क फिडर अन्तर्गत पर्ने शंखमूल टाउन प्लानिङ क्षेत्रमा भूमिगत प्रसारण लाइनको काम गर्नुपर्ने भएकाले आज बिहान ११ बजेदेखि दुई बजेसम्म बिजुली कटौती हुनेछ।

प्राधिकरणले निर्धारित कार्य तोकिएको समयभन्दा अगावै सम्पन्न भए बिजुली प्रवाह शिघ्रसमेत हुने जनाएको छ। बिजुली कटौतीका कारण उपभोक्तामा पर्न गएको असुविधाप्रति प्राधिकरणले क्षमा मागेको छ।

प्रकाशित: ५ माघ २०८१ ६:१८ | Saturday, January 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast