पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरानलाई १४ वर्ष जेल सजाय

हिमाल प्रेस ४ माघ २०८१ १४:४१ | Friday, January 17, 2025
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरानलाई १४ वर्ष जेल सजाय इमरान खान।

काठमाडौँ- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई १४ वर्षको जेल सजाय सुनाइएको छ।

पहिलेदेखि कारागारमा रहेका इमरानलाई इस्लामाबादको एक अदालतले अल–कादिर ट्रस्टसको भ्रष्टाचारसम्बन्धी मामिलामा १४ वर्ष जेल सजाय सुनाएको हो। यसका साथै अदालतले उनीलाई १० लाख नगद जरिवानासमेत गरेको छ।

अदालतले इमरानकी श्रीमती बुशरा बीबीलाई सात वर्ष जेल सजाय र पाँच लाख जरिवाना गरेको छ। अदालतले सरकारलाई अल–कादिर ट्रस्ट नियन्त्रणमा लिन आदेश पनि दिएको बीबीसीले जनाएको छ।

यो सजाय सुनाइरहँदा इमरान, उनकी श्रीमती बुशरा र पीटीआईका नेताहरू अदालतमै उपस्थित थिए।

इमरान र उनकी श्रीमती बुशराविरूद्ध १९ करोड पाउण्ड वा ट्रस्टको ५६ एकडभन्दा बढी जग्गा दानसँग जुडिएको छ। निजी हाउसिङ सोसाइटीको तर्फबाट यो जग्गा अल–कादिर विश्वविद्यालयलाई दिइएको थियो।

पूर्वप्रधानमन्त्री इमरान र उनकी श्रीमती बुशरा अल–कादिर विश्वविद्यालयको ट्रस्टी हुन्।

प्रकाशित: ४ माघ २०८१ १४:४१ | Friday, January 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast