काठमाडौँ- माघको तेस्रो दिन आज (बिहीबार) काठमाडौँको तापक्रम केही तातेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार बिहान ६ बजे काठमाडौँको न्यूनतम तापक्रम ६.७ डिग्री सेल्सियस मापन भएको छ।
बुधबार काठमाडौँको न्यूनतम तापक्रम ४.६ डिग्री सेल्सियस मापन भएको थियो। रातिको समयमा आकाश बादलले ढाकेको अवस्थामा न्यूनतम तापक्रम केही बढ्न सक्छ। बिहीबार दिउँसो काठमाडौँमा आंशिक बदली हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसकाबीच रहनेछ।
प्रकाशित: ३ माघ २०८१ ७:४५ | Thursday, January 16, 2025
प्रतिक्रिया




