शिक्षक सेवा आयोगमा जागिरको अवसर

हिमाल प्रेस २ माघ २०८१ १०:४३ | Wednesday, January 15, 2025
शिक्षक सेवा आयोगमा जागिरको अवसर

काठमाडौँ- शिक्षक सेवा आयोगले एक महिलासहित दुईजना सदस्य नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ।

आयोगले मंगलबार दरखास्त आह्वान गरेको हो। सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र तोकिएको योग्यता पुगेका इच्छुक नेपालीले दरखास्त दिन सक्नेछन्।

योग्यता तथा अनुभवमा नेपाल सरकारबाट मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तिमा स्नातकोत्तर उपाधि प्राप्त गरेको, नियुक्ति हुनुभन्दा कम्तिमा दुई वर्ष अगाडिदेखि कुनै राजनीतिक दलको सदस्य नरहेको, ४० वर्ष उमेर पूरा भई ६५ वर्ष ननाघेको र कानुन, शिक्षा वा प्रशासनको क्षेत्रमा कम्तिमा १५ वर्ष काम गरेको हुनुपर्नेछ।

प्रकाशित: २ माघ २०८१ १०:४३ | Wednesday, January 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast