साविक विजेता सिटी अंक बाँड्न बाध्य

हिमाल प्रेस २ माघ २०८१ ८:४७ | Wednesday, January 15, 2025
साविक विजेता सिटी अंक बाँड्न बाध्य फाइल तस्बिर

काठमाडौँ- इंग्लिस प्रिमियर लिगमा साविक विजेता म्यान्चेस्टर सिटी बराबरीमा रोकिएको छ। खराब लयमा रहेको सिटीले ब्रेन्टफरोर्डसँग २-२ गोलको बराबरी खेलेको हो। सिटीका दुवै गोल फिल फोडेनले गरेका थिए।

६६ र ७८ मिनेटमा फोडेनले गोल गरेपछि ८२ मिनेटमा ब्रेन्टफोर्डका योआने विसा र अतिरिक्त समयको दोस्रो मिनेटमा क्रिस्टियन नोरगार्डले गोल गर्दै खेल बराबरीमा पुर्‍याएका थिए। बराबरी बाबजुत सिटी र ब्रेन्टफरोर्डले १-१ अंक बाँडेका छन्।

अंक तालिकामा लिभरपुल ४७ अंकसहित शीर्षस्थानमा छ। नटिंघम फरेस्ट दोस्रो स्थानमा रही ४१ अंक जोडेको छ। आर्सनल ४० अंकसहित तेस्रो, चेल्सी ३७ अंकका साथ चौथो, न्यूकासल ३५ अंकका साथ पाँचौं र म्यानचेस्टर सिटी ३५ अंकसहित छैटौँ स्थानमा छ।

प्रकाशित: २ माघ २०८१ ८:४७ | Wednesday, January 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast