१११ किलो गाँजासहित समातिए गाडी चालक

हिमाल प्रेस १ माघ २०८१ १६:४७ | Tuesday, January 14, 2025
१११ किलो गाँजासहित समातिए गाडी चालक प्रतीकात्मक तस्बिर।

काठमाडौँ- मकवानपुरको हेटौँडा उपमहानगरपालिका १५ रातोमाटेबाट करिब १११ किलो गाँजासहित कैलाश गाउँपालिका २ डाँडाखर्क बस्ने ३४ वर्षीय रावाल स्याङ्ग्बोलाई आज बिहान प्रहरीले पक्राउ गरेको छ।

प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले हेटौँडाबाट बारातर्फ जाँदै गरेको बा ७ च २५१० नम्बरको पिकअप गाडीमा जाँच गर्ने क्रममा गाडीको पछाडि ढालाभित्र खाली क्रेटले छोपी लुकाइछिपाई प्लाष्टिकमा प्याक गरी ल्याएको १० वटा पोकामा रहेको उक्त गाँजा फेला पारिएको थियो।

गाँजासहित चालक रावाललाई पक्राउ गरिएको मकवानपुर प्रहरीले जानकारी दिएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित: १ माघ २०८१ १६:४७ | Tuesday, January 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast