नेसपा नयाँ शक्ति टोखा नगरपालिकामा अध्यक्षमा पार्वती घिमिरे निर्वाचित

हिमाल प्रेस १ माघ २०८१ ११:४८ | Tuesday, January 14, 2025
नेसपा नयाँ शक्ति टोखा नगरपालिकामा अध्यक्षमा पार्वती घिमिरे निर्वाचित

काठमाडौँ- काठमाडौँ नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले टोखा नगर अधिवेशन सम्पन्न गरेको छ। अधिवेशनबाट पार्वती भट्टराई घिमिरे अध्यक्षमा निर्वाचित भएकी छन्।

सोमबार भएको अधिवेशनमा प्रत्यक्ष लोकतान्त्रिक विधिबाट घिमिरेको अध्यक्षतामा १५ सदस्यीय समिति निर्वाचित भएका हुन्।

अधिवेशनमा हिसिला यमि, ईश्वर रिजाल, जीएस गुरुङ, अमृत पुरीलगायत नेताहरू उपस्थित थिए।

अधिवेशनलाई सम्बोधन गर्दै हिसिला यमिले पार्टी संयोजक डा.बाबुराम भट्टराईको विचारअनुसार प्रत्यक्ष लोकतान्त्रिक विधिमार्फत समावेशी समिति र संगठन निर्माण भएको बताइन्। उनले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिइन्।

अधिवेशनलाई सम्बोधन गर्दै नेता जीएस गुरुङले राजनीतिमा नेपालबाट नयाँ विचारको जन्म भएको बताउँदै नेसपा नयाँ शक्ति नै नेपालको वैकल्पिक शक्ति भएको बताए।

नवनिर्वाचित समितिले पार्टीको विचारलाई प्रभावकारी ढंगले जनतासमक्ष लगेर संगठन विस्तार एवं निर्माणमा खटिने जनाएको छ।

प्रकाशित: १ माघ २०८१ ११:४८ | Tuesday, January 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast