सुकुटेबाट प्रचण्डको आरोप : सरकार अप्राकृतिक, अपारदर्शी र असंवैधानिक, राष्ट्रपति दबाबमा

हिमाल प्रेस १ माघ २०८१ १२:१४
16
SHARES
सुकुटेबाट प्रचण्डको आरोप : सरकार अप्राकृतिक, अपारदर्शी र असंवैधानिक, राष्ट्रपति दबाबमा सुकुटेमा सञ्चारकर्मीसँग संवाद गर्दै प्रचण्ड। तस्बिर : नरेन्द्र केसी/प्रचण्ड सचिवालय

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारको लामो समय नटिक्ने दाबी गरेका छन्। मंगलबार सिन्धुपाल्चोकको सुकुटेमा बोल्दै प्रचण्डले सरकार अप्राकृतिक, अपारदर्शी र असंवैधानिक भनेर आफूले आलोचना गर्दै आएको दोहोर्‍याए।

उनले आफू नेतृत्वको सरकारले भ्रष्टाचार नियन्त्रण तथा सुशासनको काममा लागिरहेका बेला भ्रष्टाचारीलाई बचाउन रातारात सदनका दुई ठूला दल मिलेर सरकार गठन गरिएको बताए ।

‘भ्रष्टाचारीलाई बचाउने उद्देश्यका साथ नै सदनभित्रका पहिलो र दोस्रो पार्टीहरू मिलेर सरकार बनाएका हुन्’, प्रचण्डले भने, ‘प्राय पहिलो र दोस्रो ठूलो दल सरकार बनाउने कुरामा लोकतन्त्रमा मिल्दैनन् । मिल्न हुँदैन यदि लोकतन्त्रलाई सुदृढ बनाउने हो भने।’ उनले लोकतन्त्रमा पहिलो दलले सरकार बनाउने र दोस्रोले खबरदारी गर्नुपर्ने बताए । अध्यक्ष प्रचण्डले वर्तमान सरकार गठनका क्रममा राष्ट्रपति रामचन्द्र पौडेललाई ठूलो दबाब परेको पनि बताए ।

‘अन्तिम समयसम्म संविधानको उपधारा ३ मा सरकार बनाउन तयार हुनुहुन्थ्यो राष्ट्रपतिजी, तर राष्ट्रपतिमाथि यस्तो दबाब दिइयो कि निकै ठूलो धर्मसंकटमा परियो । त्यसो भएपछि उहाँले थाहा पाएरै’, प्रचण्डले भने, ‘तर हामी तुरुन्तै यो सरकार गिराउने र सरकारमा जाने भनेका छैनौँ ।’

प्रकाशित: १ माघ २०८१ १२:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast