ट्रेन्डिङमा ‘साँझ पर्‍यो झमक्क’

हिमाल प्रेस २९ पुष २०८१ १९:१२ | Monday, January 13, 2025
ट्रेन्डिङमा ‘साँझ पर्‍यो झमक्क’

काठमाडौँ- गायक तथा अभिनेता प्रकाश सपुतले आफ्नो डेब्यू निर्देशकीय सिनेमा ‘वसन्त’को पहिलो गीत शनिबार रिलिज गरेका थिए। सिनेमाको पहिलो गीत ‘साँझ पर्‍यो झमक्क’ रिलिज भएको २४ घण्टा नपुग्दै युट्युबको ट्रेन्डिङमा उक्लिएको थियो।

हाल यो गीत युट्युबको ट्रेन्डिङ अन्तर्गत म्युजिक सेक्सनको तेस्रो नम्बरमा छ। सार्वजनिक गीतले दर्शकमाझ चर्चा पाइरहेकाले युट्युब ट्रेन्डिङको शीर्ष स्थानतर्फ अघि बढिरहेको छ।  गायक, अभिनेता तथा निर्देशक समेत रहेका सपुतले नै शब्द रचना र संगीत तयार पारेको गीतको अडियो र भिडियो दुवै पक्ष अब्बल रहेको प्रतिक्रिया पाएको छ। गीतमा सपुतसँगै गायिका शान्तिश्री परियारको स्वर छ।

सिनेमामा प्रकाश सपुत, स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे र खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय छ। गलबन्दी प्रोडक्सनको प्रस्तुति रहने सोसल ड्रामा सिनेमामा कथा, पटकथा र संगीत पनि सपुतले नै तयार पारेका हुन्।

सिनेमालाई सुसन प्रजापतिले खिचेका हुन्। काठमाडौं उपत्यकामा डिसिएन र मोफसलमा एफडी कम्पनीले सिनेमालाई वितरण गर्नेछन्।

प्रकाशित: २९ पुष २०८१ १९:१२ | Monday, January 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast