सकिएन थुनछेक बहस, रवि लामिछानेलाई हिरासतमै पठाउन आदेश

हिमाल प्रेस २९ पुष २०८१ १६:३१ | Monday, January 13, 2025
सकिएन थुनछेक बहस, रवि लामिछानेलाई हिरासतमै पठाउन आदेश

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं सहकारी ठगप्रकरणमा मुछिएका रवि लामिछानेको थुनछेक बहस नसकिएपछि उनलाई प्रहरी हिरासतमै पठाउन आदेश भएको छ।

आज सोमबार सुरु भएको थुनछेक बहस नसकिएपछि काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधव प्रसाद अधिकारीको इजलासले हिरासतमै पठाउन आदेश दिएको हो।

भोलि मंगलबार सार्वजनिक बिदा छ। त्यसैले भोलि पनि उनी हिरासतमै हुनेछन्। उनलाई प्रहरीले बुधबार माघ २ गतेमात्रै अदालत उपस्थित गराउनेछ। उक्त मुद्दामा सोमबार सरकारी वकिल कार्यालयका तर्फबाट ११ जनाले बहस गरे। सरकारी वकिलतर्फको बहस सकिएको छ।

जाहेरवालाका तर्फबाट पनि बहस सकिएको छ। अब लामिछानेका वकिलको बहस बाँकी छ। उनीहरूले बुधबार बहस गर्नेछन्। उक्त बहसपछि लामिछानेलाई थुनामा पठाउने या धरौटीमा छाड्ने फैसला हुनेछ।

प्रकाशित: २९ पुष २०८१ १६:३१ | Monday, January 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast