एनसेलको ‘सधैँ अनमा’ अब ‘फ्रि अनलिमिटेड डेटा’

हिमाल प्रेस २८ पुष २०८१ २०:०९
एनसेलको ‘सधैँ अनमा’ अब ‘फ्रि अनलिमिटेड डेटा’

काठमाडौँ- एनसेलले ‘सधैँ अन’ प्याकहरू लिने ग्राहकहरूलाई आकर्षक अनलिमिटेड नाइट डेटा प्याक दिन थालेको छ। यससँगै अब विना कुनै अतिरिक्त शुल्क ग्राहकले रातको समयमा अनलिमिटेड मोबाइल इन्टरनेट पहुँचको फाइदा लिनसक्ने एनसेलले जनाएको छ।

पुस २५ बाट सुरू भएको योजनाअन्तर्गत ‘सधैँ अन’ का रू.३९९ बाट सुरू हुने बेस्ट र रू. ७९९ बाट सुरू हुने अनलिमिटेड प्याक लिने ग्राहकले राति ११ बजेदेखि बिहान ७ बजेसम्म अनलिमिटेड डेटा सेवाको फाइदा लिन सक्नेछन्।

‘सधैँ अन’ लिने ग्राहकलाई थप लाभ प्रदान गर्न यो योजना लागु गरिएको एनसेलको भनाइ छ। एनसेलका अनुसार रूं ३९९, रू. ४९९, रू. ५९९ का बेस्ट प्याक र रू.७९९, रू.९९९ र रू.१,४९९ का अनलिमिटेड प्याक लिने ग्राहकहरूले यो योजनाबाट फाइदा लिन सक्नेछन्।

यो थप सुविधाबाहेक कम्पनीले यी प्याकहरू लिने ग्राहकलाई पहिले नै अनलिमिटेड युट्युबमा पहुँच प्रदान गर्दै आएको छ।

२८ दिन भ्यालिडिटी रहेको बेस्ट प्याकअनुसार बन्डल सेवामा ग्राहकले ८ जीबीदेखि २० जीबीसम्म डेटा, ३९९ मिनेटदेखि ५९९ मिनेटसम्म अल नेपाल टक टाइम प्रदान गर्दै आएको छ।

त्यसैगरी ‘सधैँ अन’ को अनलिमिटेड प्याकका ग्राहकहरूले ३० जीबीदेखि १०० जीबीसम्म डेटा र अनलिमिटेड अल नेपाल टक टाइम पाउँदै आएका छन्।

प्रकाशित: २८ पुष २०८१ २०:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast