लसएन्जलस आगलागी : १६ जनाको मृत्यु, आगो अझै नियन्त्रणबाहिर

हिमाल प्रेस २८ पुष २०८१ १७:३०
6
SHARES
लसएन्जलस आगलागी : १६ जनाको मृत्यु, आगो अझै नियन्त्रणबाहिर तस्बिर : एपीएफ

काठमाडौँ- अमेरिकाको लसएन्जलसको आगलागीमा परी ज्यान गुमाउनेको संख्या १६ पुगेको छ। स्थानीय स्वास्थ्य कार्यालयले आगलागीमा परी मृत्यु हुनेको संख्या १६ पुगेको पुष्टि गरेको हो।

कार्यालयका अनुसार आगलागीका कारण इटनमा ११ र पैलिसेड्समा पाँच जनाको मृत्यु भएको हो। यो संख्या अझै बढ्नसक्ने अधिकारीहरूले बताएका छन्।

पैलिसेड्समा आगलागीका कारण करिब २१ हजार एकड क्षेत्रफल प्रभावित भएको छ। अहिलेसम्म करिब ८ प्रतिशत आगो नियन्त्रणमा आएको बताइएको छ।

आगलागीका कारण सबैभन्दा प्रभावित क्षेत्रमा इटन दोस्रो स्थानमा रहेको छ। यहाँ करिब १४ हजार एकड क्षेत्रफल आगलागीका कारण प्रभावित भएको छ।

आगलागीका कारण पैलिसेड्स, इटन, हस्र्ट, लिडिया, आर्चर र कैनेथ प्रभावित भएको बताइएको छ।

आगलागीपछि लसएन्जलसका अधिकारीहरूले त्यहाँ स्वास्थ्य संकटको घोषणा गरेका छन्। आगलागीमा चपेटामा परेर सयौँ भवन नष्ट भएका छन् भने हजारौँ मानिसलाई प्रभावित क्षेत्रबाट बाहिर पठाइएको छ।

हजारौँ वारुणयन्त्र परिचालन गरिए पनि आगलागी नियन्त्रणमा आउन नसकेको अधिकारीहरूले बताएका छन्। आगलागीका कारण दुई लाख घरमा विद्युत आपूर्ति ठप्प भएको बीबीसीले जनाएको छ।

प्रकाशित: २८ पुष २०८१ १७:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast