जनमत पार्टीका केन्द्रीय सदस्य जसपा नेपालमा प्रवेश

हिमाल प्रेस २८ पुष २०८१ १६:३७ | Sunday, January 12, 2025
जनमत पार्टीका केन्द्रीय सदस्य जसपा नेपालमा प्रवेश

काठमाडौँ- जनमत पार्टीका केन्द्रीय सदस्य उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन्।

आइतबार जनकपुरस्थित जसपा नेपालको पार्टी कार्यालयमा आयोजित कार्यक्रममा जनमत पार्टीका केन्द्रीय सदस्य दीपेन्द्र मधेशी जसपा नेपालमा प्रवेश गरेका हुन्।

उनलाई जसपा नेपालका अध्यक्ष यादवले पार्टीमा स्वागत गरेका थिए। जसपा नेपालमा प्रवेश गरेका उनी प्रदेशसभा निर्वाचनमा महोत्तरी क्षेत्र नम्बर ३(ख) बाट जनमत पार्टीका प्रत्याशी थिए।

कार्यक्रममा केन्द्रीय सदस्य मधेशीसहित जनमत पार्टीका युवा नेता तथा कार्यकर्ताहरू पार्टी प्रवेश गरेको जसपा नेपालले जनाएको छ।

प्रकाशित: २८ पुष २०८१ १६:३७ | Sunday, January 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast