अमेरिकामा आँधीका कारण हजारौं उडान रद्द

हिमाल प्रेस २७ पुष २०८१ १५:५९ | Saturday, January 11, 2025
अमेरिकामा आँधीका कारण हजारौं उडान रद्द

काठमाडौँ– संयुक्त राज्य अमेरिकामा आँधीका कारण तीन हजार भन्दा बढी उडानहरू रद्द भएका छन्।

डेल्टा एयरलाइन्सले एटलान्टा अन्तर्राष्ट्रिय एयरपोर्टका सबै पाँच रनवेहरू दुई घण्टा भन्दा बढीका लागि बन्द गरिएको बताएको छ। डेल्टा विमानले पनि इन्जिनमा समस्या आएपछि एटलान्टामा उडान रद्द गर्नुपरेको थियो।

डलास–फोर्ट वर्थ (टेक्सास) र शार्लोट डगलस (उत्तरी क्यारोलिना) पनि उडानहरू खराब मौसमबाट प्रभावित भएका थिए। फ्लाइटअवेयरका अनुसार दुबै एयरपोर्टहरूमा एक हजार २०० भन्दा बढी उडानहरू रद्द गरियो।

संयुक्त राज्य अमेरिका यस हप्ताको सुरुमा आँधीको चपेटामा परेको थियो। यहाँ कम्तिमा पाँच जनाको ज्यान गएको र सयौं उडानहरू रद्द भएको थियो।

केही ठाउँमा तापक्रम शून्य डिग्री फरेनहाइट (–१८ डिग्री सेल्सियस) भन्दा तल झर्यो र हजारौं मानिसहरू बिजुलीविहीन भए।-रासस

प्रकाशित: २७ पुष २०८१ १५:५९ | Saturday, January 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast