मापदण्डभित्र नआए विदेशी सम्बन्धनका कलेजलाई कारवाही

हिमाल प्रेस २६ पुष २०८१ ७:३२ | Friday, January 10, 2025
मापदण्डभित्र नआए विदेशी सम्बन्धनका कलेजलाई कारवाही फाइल तस्बिर

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले मापदण्डभित्र नआए विदेशी सम्बन्धनका कलेजलाई कारवाही गर्ने बताएकी छन्।

शिक्षा मन्त्रालयले विदेशी विश्वविद्यालयको सम्बन्धनमा नेपालमा सञ्चालन भइरहेका कलेजहरूको नियमन र कारबाहीको प्रक्रिया थालेको छ।

मन्त्रालयले विदेशी कलेज सञ्चालनसम्बन्धी मापदण्डसहितको निर्देशिका बनाएर नियमन तथा व्यवस्थापन गर्ने तयारी गरेको जानकारी मन्त्री भट्टराईले दिइन्।

राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएर नेपालमा सञ्चालित ५९ वटा कलेजमध्ये १४ वटाले मात्र प्रक्रिया र मापदण्ड पूरा गरेको प्रतिवेदन मन्त्रालयले गठन गरेको कार्यदलले दिएको बताइन्।

उनले पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले पूर्वसचिव शंकर कोइरालाको संयोजकत्वमा गठन गरेको कार्यदलले यस्ता कलेजलाई निर्देशिका बनाएर नियमन गर्नुपर्ने सुझाव दिएको भए पनि त्यो पूर्ण नभएकाले अर्को कार्यदल बनाएको स्पष्ट पारिन्।

प्रकाशित: २६ पुष २०८१ ७:३२ | Friday, January 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast