रवि आज काठमाडौँ जिल्ला अदालतमा उपस्थित हुँदै

हिमाल प्रेस २६ पुष २०८१ ६:४१ | Friday, January 10, 2025
रवि आज काठमाडौँ  जिल्ला अदालतमा उपस्थित हुँदै

काठमाडौँ- पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा धरौटीमा बिहीबार साँझ रिहा भएका पूर्वगृहमन्त्री रवि लामिछाने आज काठमाडौँ जिल्ला अदालतमा उपस्थित हुँदै छन्।

लामिछानेविरुद्ध काठमाडौँमा पनि सहकारीसम्बन्धी अर्को मुद्दा रहेकाले आज उनी आफैँ काठमाडौँ जिल्ला अदालतमा उपस्थित हुने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)  कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।

कास्की जिल्ला अदालतको आदेशानुसार ६५ लाख धरौटी बुझाएर लामिछाने कास्की प्रहरीको हिरासतबाट रिहा भएका थिए।

न्यायाधीश नीतिज राईको इजलासले बिहीबार सभापति लामिछानेलाई ६५ लाख, छविलाल जोशीलाई ८८ लाख, लीला पछाईँलाई ३७ लाख, मीना गुरुङलाई पाँच लाख, रामबहादुर खनाललाई १५ लाख, आरती गुरुङलाई पाँच लाख र कृष्णबहादुर गुरुङलाई एक लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

प्रकाशित: २६ पुष २०८१ ६:४१ | Friday, January 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast