रवि लामिछानेलाई कास्की प्रहरीले लगायो परिवारको जिम्मा

हिमाल प्रेस २५ पुष २०८१ २१:४६
46
SHARES
रवि लामिछानेलाई कास्की प्रहरीले लगायो परिवारको जिम्मा रवि लामिछाने। फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई परिवारको जिम्मा लगाइएको छ। पोखरास्थित फिस्टेल अस्पतालमा स्वास्थ्य परीक्षणपछि कास्की प्रहरीले परिवारको जिम्मा लगाएको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।

कास्की जिल्ला अदालतबाट धरौटी बुझाएपछि लामिछानेलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको थियो। जिल्ला अदालत कास्कीले उनलाई ६५ लाख धरौटीमा छाड्ने आदेश दिएको थियो। उनले बैंक ग्यारेन्टीमार्फत् धरौटी बुझाएका हुन्।

झाका अनुसार लामिछानेलाई अन्य जिल्ला अदालतमा दर्ता भएको मुद्दा प्रक्रियाको लागि स्वयं उपस्थित हुन मिल्ने सर्तमा कास्की अदालतले हिरासतमुक्त गरेको हो।

रवि पक्राउको ८४ दिनमा रिहा गर्न आदेश, कहिले के भयो?

प्रकाशित: २५ पुष २०८१ २१:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast