अमेरिकाको लज एन्जलसमा आगलागीबाट कम्तीमा पाँचको मृत्यु

हिमाल प्रेस २५ पुष २०८१ १०:३५
18
SHARES
अमेरिकाको लज एन्जलसमा आगलागीबाट कम्तीमा पाँचको मृत्यु लस एन्जलसमा जलेको घर। तस्बिर : एपी/रासस

काठमाडौँ- अमेरिकाको लस एन्जलसको जंगलमा लागेको आगोमा जलेर कम्तीमा पाँचजनाको मृत्यु भएको छ। बीबीसीले लस एन्जलस काउन्टिका अग्नि नियन्त्रण कार्यालय प्रमुख एन्थोनी म्यारोनलाई उधृत गर्दै आगो १० हजार एकडमा फैलिएको उल्लेख गरेको छ।

म्यारोनले आगो नियन्त्रणमा आउन नसकेको बताएका छन्। उनले भनेका छन्, ‘घटनामा पाँच नागरिकको मृत्यु भएको छ। कम्तीमा एक लाख मानिसलाई सुरक्षित स्थानमा स्थान्तरण गरिएको छ। एक हजारभन्दा बढी घर पूर्ण रूपमा नष्ट भएका छन्।’ अग्नि नियन्त्रकहरूलाई सहयोग गर्न एरिजोनासहित क्यालिफोर्नियाबाहिरबाट पनि अधिकारीहरू आगलागी क्षेत्रमा पुगेका छन्।

लस एन्जलसका जंगलमा आगो फैलिरहेपछि संकटकाल घोषणा गरिएको छ। त्यस क्षेत्रका आधा दर्जनभन्दा बढी विद्यालयमा क्षति पुगेको छ। लस एन्जलसकी मेयर करेन बासले हवाई माध्यमबाट आगो निभाउने कार्य भइरहेको बताइन्। उनले समाचार  एजेन्सी एपीसँग भनेकी छन्, ‘अझै पनि अनियमित हावा चुनौतीका रूपमा रहेको छ। आगलागीबाट हलिउडका कैयौँ संरचनामा पनि क्षति पुगेको छ।

प्रकाशित: २५ पुष २०८१ १०:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast