काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघले चीनका लागि मानार्थ प्रतिनिधिमा दुर्गाप्रसाद अंगाईलाई नियुक्त गरेको छ। महासंघले नेपाल र चीनबीचको व्यापार तथा सम्बन्धलाई सुदृढ बनाउन अंगाईले योगदान गरेको भन्दै मानार्थ प्रतिनिधिमा नियुक्त गरेको जनाएको छ।
अंगाईले नेपालको व्यापार र लगानी बढाउन महत्वपूर्ण योगदान दिएकाे पत्रमा उल्लेख छ। अंगाईले महासंघ र चीनका प्रख्यात चेम्बर अफ कमर्सबीचको बलियो सम्बन्ध निर्माणमा पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएको छ।
महासंघले संयुक्त व्यापार उद्यम, सहयोगी परियोजनाहरूको लागि थप सम्भावना बढेको पनि उल्लेख गरेको छ।
प्रकाशित: २४ पुष २०८१ १५:५३
प्रतिक्रिया