माओवादी बागमती प्रदेशसभा दलको नेतामा जम्मकट्टेल सर्वसम्मत

हिमाल प्रेस १६ पुष २०७९ २०:०१ | Saturday, December 31, 2022
माओवादी बागमती प्रदेशसभा दलको नेतामा जम्मकट्टेल सर्वसम्मत फाइल तस्बिर।

काठमाडौँ– नेकपा माओवादी केन्द्र बागमती प्रदेशसभा संसदीय दलको नेतामा शालिकराम जम्मकट्टेल सर्वसम्मत चयन भएका छन्। शनिबार बसेको प्रदेशसभा संसदीय दलको बैठकले दलको नेतामा जम्मकट्टेललाई सर्वसम्मत रूपमा चयन गरेको हो।

धादिङ १ (ख) बाट निर्वाचित जम्मकट्टेल यसअघि प्रदेश सरकारमा आन्तरिक मामिला र आर्थिक मामिलामन्त्री भइसकेका छन्। दलको नेतामा जम्मकट्टेलसँगै गंगा श्रेष्ठ, सरल सहयात्री पौडेल र युवराज दुलाल पनि दाबेदार थिए। यसैबीच बैठकले जम्मकट्टेललाई दलको नेता चयन गरेको हो।

प्रकाशित: १६ पुष २०७९ २०:०१ | Saturday, December 31, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast