एमालेको केन्द्रीय कमिटीको आठौँ बैठकमा सहभागी सदस्यहरू। तस्बिर सौजन्य : प्रधानमन्त्रीको सचिवालय
काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ललितपुरमा जारी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक एवं सांगठनिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा व्यक्त गर्ने क्रम समाप्त नभएकाले मंगलबार पनि बैठक हुने भएको छ।
आइतबार सुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन र महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए। बैठक बिहान ११ बजे पुनः बस्ने छ।
प्रकाशित: २२ पुष २०८१ १९:४८
प्रतिक्रिया




