ओलीलाई लक्षित गर्दै थापाले भने : पार्टीमा बहस बन्द गर्नु स्वीकार्य हुँदैन

हिमाल प्रेस १८ पुष २०८१ १५:१८
1.0k
SHARES
ओलीलाई लक्षित गर्दै थापाले भने : पार्टीमा बहस बन्द गर्नु स्वीकार्य हुँदैन

काठमाडौँ- नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले पार्टीका तीन नेतामाथि भएको कारबाहीको आलोचना गरेका छन्। थापाले एमाले अध्यक्ष केपी ओलीलाई लक्षित गर्दै पार्टीमा स्वस्थ राजनीतिक र वैचारिक बहस गर्नु हरेक राजनीतिक नेता-कार्यकर्ताको धर्म भन्दै विचार र विश्लेषणकाे शृंखला टुटेमा राजनीतिक धरातल नै सकिने चेतावनी पनि दिएका हुन्।

‘स्वस्थ राजनीतिक, वैचारिक बहस गर्नु हरेक राजनीतिक नेता-कार्यकर्ताको धर्म हाे। ताेकिएकाे विधिबमोजिम गरिने बहसलाई बन्देज गर्ने कुरा कुनै दृष्टिकोणले उचित मानिँदैन’ उनले सामाजिक सञ्जालमार्फत भनेका छन्।

पुस १० गतेको एमाले सचिवालय बैठकले पूर्वउपाध्यक्ष डा भीम रावललाई पार्टीबाटै निष्काशन, स्थायी समिति सदस्य डा विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनामाथि ६ महिना पाँच महिना निलम्बन गरेको थियो।

थापा एमालेमा हालै निष्काशनमा परेका नेता भीम रावलनिटक मानिन्छन्थे। उनले अराजकता र अनुशासनहीनता कतै स्वीकार्य नहुने पनि बताएका छन्।

‘अराजकता र अनुशासनहीनता पनि कहीँ स्वीकार्य हुँदैन। विचार र विश्लेषणकाे शृंखला टुट्यो भने राजनीतिक धरातल सकिन्छ र एक हिसाबले भन्ने हाे भने राजनीतिकर्मीकाे मृत्यु हुन्छ। विचारमा आधारित भएर राजनीतिक बहस गरौँ,’ उनले भनेका छन्,’सबै प्रकारका असन्तुष्टहरूकाे विराेधकाे निशाना बनेकाे एमालेलाई वैचारिक हतियारकाे बलबाटै मजबुत पार्न सकिन्छ। एमालेकाे सम्पूर्ण पंक्ति यस दिशातिर अगाडि बढ्नु उचित हुनेछ। असभ्यताकाे प्रदर्शन असामाजिक र गैरराजनीतिक भएकाले कसैका लागि हितकर हुँदैन।’

प्रकाशित: १८ पुष २०८१ १५:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast