‘रेलिगेसन टिम’ इप्स्विच टाउनसँग चेल्सीको हार

हिमाल प्रेस १६ पुष २०८१ ८:०२ | Tuesday, December 31, 2024
‘रेलिगेसन टिम’ इप्स्विच टाउनसँग चेल्सीको हार

काठमाडौँ- इंग्लिस प्रिमियर लिगमा सोमबार चेल्सी पराजित भएको छ। रेलिगेसन क्षेत्रमा रहेको इप्स्विच टाउनले चेल्सीलाई हराएको हो। लन्डनको टोली सोमबार राति इपस्विच टावनसँग २-० ले पराजित भयो।

घरेलु मैदानमा इप्स्विचलाई जित दिलाउन लियाम डेपाल र ओमारी हुट्चिन्सनले गोल गरे। डेपालले १२ औँ मिनेटमा पेनाल्टीमा गोल गरे। ५३ मिनेट हुट्चिन्सनले गोल गरेपछि चेल्सी थप दबाबमा पर्‍यो। चेल्सीले शीर्ष स्थानको लिभरपुलसँग अंक दूरी कम गर्ने अवसर गुमायो। साथै दोस्रो स्थानबाट बञ्चित पनि रह्यो।

१९ खेलमा चेल्सी ३५ अंकसहित तेस्रो स्थानमा छ। एक खेल कम खेलेको शीर्षस्थानको लिभरपुलको ४५ अंक छ। १८ औं स्थानमा रहेको इप्स्विचको १५ अंक छ।

न्युक्यासल ३२ अंकसहित पाँचौं स्थानमा उक्लेको छ । युनाइटेड २२ अंकसहित १४ औं स्थानमा छ । अर्को खेलमा एस्टन भिल्ला र ब्राइटनले २-२ को बराबरी खेले। एस्टन भिल्ला नवौं (२९) र ब्राइटन (२७) दशौं स्थानमा छ।

प्रकाशित: १६ पुष २०८१ ८:०२ | Tuesday, December 31, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast