घट्यो सुनको भाउ

हिमाल प्रेस १४ पुष २०८१ १०:५४ | Sunday, December 29, 2024
घट्यो सुनको भाउ

काठमाडौँ- आज सुनचाँदीकै मूल्य घटेको छ। शुक्रबार प्रतितोला चारसय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला पाँचसय रुपैयाँ घटेको हो।

मूल्य घटेर आज सुनको भाउ प्रतितोला एक लाख पचास हजार दुईसय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। गएको शुक्रबार सुनको मूल्य एक लाख ५० हजार सातसय रुपैयाँ थियो।

त्यसैगरी आज चाँदीको मूल्य पनि पनि घटेको छ। तोलामा २५ रुपैयाँ घटेर आज चाँदीको मूल्य एक हजार सात सय ९० रुपैयाँ कायम भएको छ। गएको शुक्रबार चाँदीको मूल्य एक हजार आठसय १५ रुपैयाँ थियो।

गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो। गत कात्तिक १५ गते सुनको मूल्यले हालसम्मकै महँगो कीर्तिमान बनाएको थियो। त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो।

*शीर्षक सच्याइएको छ

प्रकाशित: १४ पुष २०८१ १०:५४ | Sunday, December 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast