पाकिस्तान : आन्दोलनमा सहभागी थप ६० जना सर्वसाधारण दोषी ठहर

हिमाल प्रेस ११ पुष २०८१ २१:३४ | Thursday, December 26, 2024
पाकिस्तान : आन्दोलनमा सहभागी थप ६० जना सर्वसाधारण दोषी ठहर

काठमाडौँ – पाकिस्तानको सैन्य अदालतले गत वर्ष इमरान खानको रिहाईका लागि भएको आन्दोलनमा संलग्न भएको आरोपमा थप ६० जना सर्वसाधारणलाई सजाय सुनाएको छ।

पूर्वप्रधानमन्त्री खानलाई गत वर्षको मे महिनामा पदबाट हटाइएपछि पक्राउ गरिएको थियो र उनले देशका शक्तिशाली सैन्य नेताहरूविरुद्ध अभूतपूर्व अभियान चलाएका थिए।

भ्रष्टाचारको आरोपमा उनलाई हिरासतमा लिएपछि राष्ट्रव्यापी अशान्ति फैलिएको थियो र केही सहभागीले सशस्त्र बलका प्रतिष्ठानलाई समेत निशाना बनाएका थिए।

पाकिस्तानमा दशकौँदेखि प्रत्यक्ष रूपमा शासन गर्दै आएको र अझै पनि ठूलो प्रभाव रहेको सेनाले गत ग्रीष्मयाममा अभियुक्तहरूविरुद्ध मुद्दा चलाउने बताएको थियो।

शनिबारसम्म धेरै हदसम्म गोप्य रहेको र पहिलो २५ जनालाई दोषी ठहर गरिएको यो प्रक्रियाबारे संयुक्त राज्य अमेरिका, युरोपेली संघ र बेलायतले यसको निन्दा गरेका थिए।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘पाकिस्तानी सैन्य अदालतमा न्यायिक स्वतन्त्रता, पारदर्शिता र उचित प्रक्रियाको ग्यारेन्टीको अभाव छ।’

बिहीबार थप ६० जनालाई दोषी ठहर गरिएको घोषणा गर्दै सेनाले ‘कोर्ट मार्सल’ सम्पन्न भइसकेको जनाएको छ।-रासस

प्रकाशित: ११ पुष २०८१ २१:३४ | Thursday, December 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast