सत्ताको उन्मादमा ओलीले स्वेच्छाचारी र निरंकुश निर्णय गरे : रावल

हिमाल प्रेस ११ पुष २०८१ १८:०५ | Thursday, December 26, 2024
सत्ताको उन्मादमा ओलीले स्वेच्छाचारी र निरंकुश निर्णय गरे : रावल

काठमाडौँ- नेता भीम रावलले नेकपा एमालेबाट निस्कासित गर्ने पार्टीको निर्णय स्वेच्छाचारी र तानाशाही भएको प्रतिक्रिया दिएका छन्।

पूर्वउपाध्यक्षसमेत रहेका रावलले एमाले अध्यक्ष ओलीले सत्ताको उन्मादमा निरंकुश, स्वेच्छाचारी र तानाशाही निर्णय गरेको बताएका हुन्।

एमालेको साधारण सदस्यसमेत नरहने गरी निस्कासित भएपछि संक्षिप्त विज्ञप्ति निकाल्दै रावलले भनेका छन्,‘मलाई पार्टी सदस्यबाट हटाउने केपी ओलीको निर्णय सत्ताको उन्मादमा गरिएको निरंकुश, स्वेच्छाचारी र तानाशाही निर्णय हो।’

भ्रष्ट, अनैतिक, फौजदारी मुद्दा लागेकाहरू प्रहार गरेकोमा आफूलाई आश्चर्य नलागेको रावलले जिकिर गरेका छन्। उनले भनेका छन्,‘कतिपय भ्रष्ट, अनैतिक, फौजदारी मुद्दा लागेका, राष्ट्रिय एकता अखण्डता, संस्कृति र एमाले विरोधी एवं विचौलिया र दलालहरूलाई काखी च्याप्नेले देशभक्त इमानदार मानिसमाथि प्रहार गरेकोमा मलाई आश्चर्य लागेको छैन।’

पार्टीका इमानदार कार्यकर्ता र जनसमुदायले ओलीको अन्यायपूर्ण निर्णयको विरोध गर्नेमा आफू विश्वस्त रहेको उनले बताएका छन्।

बुधबार बसेको एमाले सचिवालयको बैठकले पार्टी हितविपरित गतिविधि गरेको भन्दै पूर्वउपाध्यक्ष रावललाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निस्कासन गर्ने निर्णय गरेको थियो।

प्रकाशित: ११ पुष २०८१ १८:०५ | Thursday, December 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast