निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा राज्यकै असहयोग छ : योगेश भट्टराई

हिमाल प्रेस १५ पुष २०७९ १८:४६
6
SHARES
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा राज्यकै असहयोग छ : योगेश भट्टराई फाइल तस्बिर।

काठमाडौँ- नेकपा एमालेका सांसद तथा पूर्वपर्यटन मन्त्री योगेशकुमार भट्टराईले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा राज्यकै निकायहरूले अवरोध गरेको बताएका छन्।  शुक्रबार काठमाडौंमा नेपाल नागरिक उड्डयन प्राधिकरणले आयोजना गरेको ‘एभिएशन मिट २०२२’ कार्यक्रममा बोल्दै पूर्वपर्यटन मन्त्री भट्टराईले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा राज्यकै निकायहरूले अवरोध गरेको बताएका हुन्।

राज्यकै निकायले निजगढ जस्तो विमानस्थल आयोजनालाई रोक्नु दुःखद् रहेको उनको भनाइ छ। भट्टराईले राज्यका कतिपय निकायहरुले विमानस्थलको विषयमा बुझ्न नसकेको गुनासो गरे। उनले वातावरण सम्बन्धि चासो भएको निकायले अर्कोको क्षेत्रका हस्तक्षेप गरिरहेको आरोप लगाए। निजगढ आयोजनामा अवरोध गर्नु भनेको विकासमा अवरोध खडा  गर्नु सहर रहेको भट्टराईको भनाइ छ।

त्यस्तै,पूर्व पर्यटन मन्त्री जितेन्द्रनारायण देवले हवाई यात्रुहरुलाई बाहिर राखेर हवाइ नीति बनाएर कार्यान्वयनमा लगियो भने नेपालको हवाइ उडान क्षेत्र समस्यामा पर्नसक्ने बताए। सरकारले नेपालको हवाइ उडान क्षेत्रलाई नीतिगत रुपमा अगाडि बढाउँदा आन्तरिक र अन्तर्राष्ट्रिय उडानमा आकर्षण गर्न सक्नुपर्ने उनको भनाइ छ। सरकाले त्यसतर्फ ध्यान दिएमा मात्रै नागरिक उड्डयनले सामाजिक तथा आर्थिक विकासमा योगदान गर्नसक्ने  भट्टराई बताउँछन्।

 

प्रकाशित: १५ पुष २०७९ १८:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast