सुनको मूल्य बढ्यो

हिमाल प्रेस ११ पुष २०८१ १०:५३ | Thursday, December 26, 2024
सुनको मूल्य बढ्यो

काठमाडौँ- नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेर कारोबार छ। बुधबारको तुलनामा सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेको नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस दिन छापावाल सुन प्रतितोला एक लाख ५० हजार ३०० रुपैयाँमा खरिद-बिक्री भइरहेको छ। बुधबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो।

चाँदीको मूल्य भने स्थिर रहेको महासंघले जनाएको छ। बिहीबार चाँदी प्रतितोला एक हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो।

प्रकाशित: ११ पुष २०८१ १०:५३ | Thursday, December 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast