अवैध उत्खननमा प्रयोग गरिएका डोजर र टिप्पर नियन्त्रणमा

हिमाल प्रेस १० पुष २०८१ २१:०४ | Wednesday, December 25, 2024
अवैध उत्खननमा प्रयोग गरिएका डोजर र टिप्पर नियन्त्रणमा फाइल तस्बिर

सिरहा– गोलबजार नगरपालिका–१ स्थित गागन खोलाबाट गैरकानूनी ढंगबाट गिट्टी, बालुवा उत्खननमा प्रयोग गरिएका एक डोजर र एक टिप्पर वन कार्यालयले नियन्त्रणमा लिएको छ।

चोहर्वास्थित सवडिभिजन वन कार्यालयको गस्ती टोलीले प्रदेश ३–०१–००३ क ६९२७ नम्बरको डोजर र प्रदेश २–०३–००१ क १९४८ नम्बरको टिपर नियन्त्रणमा लिएको वन कार्यालयका प्रमुख आविद हुसेनले जानकारी दिए।

डिभिजन वन कार्यालय, लहानका सूचना अधिकारी राधेश्याम चौधरीका अनुसार विशेष सूचनाका आधारमा टोली खोलामा खटिएको थियो। उक्त टोलीले मात्रै गाडी नियन्त्रणमा लिन असम्भव भएपछि चोहर्वाबाट थप टोली बोलाइएको थियो। उत्खनन्मा संलग्न व्यक्तिहरु भने भाग्न सफल भएको बताइएको छ।

प्रकाशित: १० पुष २०८१ २१:०४ | Wednesday, December 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast