सांकेतिक तस्बिर।
सिरहा– सिरहाको मिर्चैया नगरपालिकाको जंगल क्षेत्रमा पर्ने कमल दहनजिक धुर्मीखोला किनारमा प्रहरीले दुई थान भरुवा बन्दुक बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता तथा प्रहरी नायव निरीक्षक सुवाष बुढाथोकीका अनुसार हातहतियार बोकेर केही मानिस घुमिरहेको भन्ने सूचनाका आधारमा सादा पोसाकमा खटिएको प्रहरी टोलीले सिरहाको मिर्चैया ९ बाट शनिबार दिउँसो दुई थान भरुवा बन्दुक बरामद गरेको हो।
इलाका प्रहरी कार्यलय मिर्चैयाबाट सादा पोसाकमा खटाएको प्रहरी टोलीले बन्दुक बोक्नेहरूलाई फेला पार्न नसकेको जनाएको छ।
प्रकाशित: ३ मंसिर २०७९ १२:५८ | Saturday, November 19, 2022
प्रतिक्रिया




