सरकारको विरोधमा खबरदारी सभा गर्दै राप्रपा

हिमाल प्रेस १० पुष २०८१ ७:३४
44
SHARES
सरकारको विरोधमा खबरदारी सभा गर्दै राप्रपा फाइल तस्बिर- हिमाल प्रेस

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले वर्तमान सरकार बनेको ६ महिना नपुग्दै असफलता रहेको भन्दै खबरदारी सभा गर्ने भएको छ।

प्रवक्ता मोहन श्रेष्ठले मंगलबार विज्ञप्ति निकालेर पार्टीले आफ्ना पक्षमा जनमत सिर्जना गर्न र आन्दोलन तयारी गर्न पुस र माघ महिनाभर प्रदेश, जिल्ला र स्थानीय तहमा विरोधका कार्यक्रम र खबरदारी सभा गर्ने निर्णय गरेको उल्लेख गरेका छन्।

‘एमाले-कांग्रेस गठबन्धन सरकार ६ महिना नपुग्दै असफलतातर्फ उन्मुख भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘संसदको पहिलो र दोस्रो दल सम्मिलित सरकार पनि जनतामा उत्साह पैदा गराउन असफल रह्यो।’

प्रकाशित: १० पुष २०८१ ७:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast