सभापतिले नै गुट फस्टाउने काम गर्नुभयो : शेखर कोइराला

हिमाल प्रेस ८ पुष २०८१ १८:१२ | Monday, December 23, 2024
सभापतिले नै गुट फस्टाउने काम गर्नुभयो : शेखर कोइराला

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सभापति शेरबहादुर देउवाका कारण पार्टीभित्र गुट फस्टाएको आरोप लगाएका छन्। सोमबार काठमाडौँमा कृष्णप्रसाद भट्टराईको १०१ औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन्।

सभापति देउवाले सबै नेताहरूको कुरा नसुन्दा पार्टीभित्र गुटबन्दीले मलजल पाएको उनको भनाइ छ। आफूलाई भागबण्डामा लागेको आरोप लगाइए पनि सभापति देउवाका कारण बाध्य भएको उनले बताए। कोइरालाले सभापति देउवाले सबै नेताहरूको कुरा सुनेर चित्त बुझाउन नसक्दा आफू बाध्य भएर ४०/६० को भागबण्डामा लागेको बताए। सभापतिले कुरा नै नसुनेपछि राजनीति गर्नेहरूलाई अप्ठ्यारो परेको उनको भनाइ छ।

‘सभापतिजीले केही पनि सुन्दै नसुन्ने हो भने राजनीति गर्नेलाई अप्ठ्यारो पर्छ। यो हामीले बुझ्न जरूरी छ,’ कोइरालाले भने,‘भागबण्डा भनेर चुप लागेर बस्ने त होइन।’ कोइरालाले सभापति देउवाले नै गुटगत राजनीतिलाई फस्टाउने गतिविधि गरेको आरोप लगाए।

उनले भने,‘सभापतिजी किसुनजीको अनुयायी हो। गुटलाई फस्टाइदिने काम उहाँले नै गरेपछि अप्ठ्यारो परिस्थिति सिर्जना भएको छ।’ कोइरालाले कांग्रेसभित्र विचलन रहेको स्वीकार गरे।

प्रकाशित: ८ पुष २०८१ १८:१२ | Monday, December 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast