सस्तो तरकारी साग र स्कुस, महँगियो च्याउ

हिमाल प्रेस ८ पुष २०८१ ९:३८ | Monday, December 23, 2024
सस्तो तरकारी साग र स्कुस, महँगियो च्याउ

काठमाडौँ- फलफूल तथा तरकारी बजार विकास समिति कालिमाटीले आज (सोमबार) कालीमाटी बजारमा किनबेच भइरहेको तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ।

कालिमाटीमा प्याज, कन्य च्याउ, ब्रोकाउली, काउली लगायतका तरकारीको मूल्य थोरै घटेको छ। धेरैजसो तरकारी भने हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको छ। कालिमाटीमा आज सबैभन्दा सस्तो तरकारी रायोको साग र स्कुस छ भने महँगो तरकारी डल्ले च्याउ छ।

कालिमाटीमा आज ठूलो भारतीय गोलभेँडा ९५, सानो नेपाली गोलभेँडा ५५, रातो आलु ५७, सेतो आलु ५१, सुकेको भारतीय प्याज ६७, तराईको बन्दा ४५, स्थानीय काउली ६५, तराईको काउली ४५ रुपैयाँ प्रतिकिलो छ।

त्यसैगरी रातो मुला ३५, सेतो मुला ४७, करेला र लौका ९५, हरियो फर्सी ३५, स्कुस ३०, रायोको साग ३५, चमसुरको साग ८५, कन्य च्याउ १४६, डल्ले च्याउ ४१०, ब्रोकाउली ५५ रुपैयाँ प्रतिकिलो छ। थोकमा किनबेच भइरहेको यो सबै औसत मूल्य हो।

कालिमाटीमा हिजो सानो लोकल गोलभेँडाको न्यूनतम मूल्य ५५ देखि ठूलो भारतीय गालभेँडाको न्यूनतम मूल्य ९० रुपैयाँसम्म थियो। त्यसैगरी हिजो रातो आलु ५७, सेतो आलु ५१, सुकेको भारतीय प्याज ७१, तराईको बन्दा ५५, तराईको काउली ५०, रातो मुला ३५, सेतो मुला ४५ रुपैयाँ प्रतिकिलो थियो।

त्यसैगरी लाम्चो भन्टा ७१, डल्ले भन्टा ९५, तने बोडी १२५, मकै बोडी ६५, करेला ११०, पाकेको फर्सी ५५, हरियो फर्सी ४५, स्कुस ३०, रायोको साग ३५, चम्सुरको साग १०५, कन्य च्याउ १६३, डल्ले च्याउ ३७६, ब्रोकाउली ९५ रुपैयाँ प्रतिकिलो थियो।

प्रकाशित: ८ पुष २०८१ ९:३८ | Monday, December 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast