सभापति निर्वाचित हुनेमा म शतप्रतिशत ढुक्क छु : डा. शेखर कोइराला

हिमाल प्रेस ७ पुष २०८१ ११:२२ | Sunday, December 22, 2024
सभापति निर्वाचित हुनेमा म शतप्रतिशत ढुक्क छु : डा. शेखर कोइराला

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको १५ औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित हुन आफू शतप्रतिशत ढुक्क रहेको बताएका छन्। धनगढीमा आइतबार नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सभापति लड्ने मात्र नभई जित्ने पनि दाबी गरेका हुन्। महाधिवेशनमा कसरी अघि भन्ने जबाफमा कोइरालाले सबैसँग सहयोगको अपेक्षा राखिएको बताए।

‘देउवाजी (शेरबहादुर देउवा) सबैको आदरणीय हो। उहाँसँग निरन्तर छलफल र भेटघाट भइरहेको छ,’ कोइरालाले भने।

फरक प्रसंगमा कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणपछि भारत रिसाएको भन्ने विषयमा आफूलाई त्यस्तो नलागेको बताए। कोइरालाले भने, ‘कुन देशले भ्रमणमा बोलाउँछ वा कुन देश जाने भन्ने सरकारले निर्णय गर्ने कुरा हो।’

प्रकाशित: ७ पुष २०८१ ११:२२ | Sunday, December 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast