एनपीएल फाइनल : सुदूरपश्चिमले जनकपुर बोल्ट्सलाई दियो १८५ रनको लक्ष्य

हिमाल प्रेस ६ पुष २०८१ १४:०९ | Saturday, December 21, 2024
एनपीएल फाइनल : सुदूरपश्चिमले जनकपुर बोल्ट्सलाई दियो १८५  रनको लक्ष्य

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्ससामु रनको लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिमले रन १८४ बनाएको हो।

ओपनरद्वय सैफ जैब र विनोद भण्डारीको दह्रिलो सुरूवातका कारण सुदूरपश्चिमले जनकपुरसामु विशाल लक्ष्य खडा गरेको हो।

सुदूरपश्चिमका लागि जैबले सर्वाधिक ६९ रन बनाउँदा अर्का ओपनर भण्डारीले ४१ रन जोडे। ४३ बल सामना गरेको जैबले ८ चौका र २ छक्का प्रहार गरे। त्यस्तै भण्डारीले १ चौका र ३ छक्का प्रहार गरे।

यी दुईबाहेक सुदूरपश्चिमका अरू ब्याटरहरूले राम्रो प्रदर्शन गर्न सकेनन्। ब्रेन्डन मैकमुलेनले १४, हरमीत सिंहले १४, कप्तान दीपेन्द्रसिंह ऐरीले ९ र स्कट कुगेलेनले १३ रन जोडे।

जनकपुर बोल्ट्सका लागि किशोर महतो र मोहम्मद मोहसिनले समान ३–३ विकेट लिए। त्यस्तै जेम्स निसम र ललित राजवंशीले १–१ विकेट निकाले।

प्रकाशित: ६ पुष २०८१ १४:०९ | Saturday, December 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast