सहरमा आज : थिएटरमा तीन नाटक, स्वदेशी र विदेशी गरी हलमा ५ फिल्म

हिमाल प्रेस ६ पुष २०८१ ६:३५
176
SHARES
सहरमा आज : थिएटरमा तीन नाटक, स्वदेशी र विदेशी गरी हलमा ५ फिल्म

काठमाडौँ- पुसकोे पहिलो शनिबार। सधैँझैँ हामीले केही समय यता साताको शनिबार उपत्यकामा हुने र भइरहेका मनोरञ्जनात्मक गतिविधिहरुको विवरण संकलन गर्दै आइरहेका छौँ। जो फुर्सदमा हुनुहुन्छ उहाँहरुको लागि केही सिक्ने र बिदाको दिन सदुपयोग गर्दै केही सिक्ने र बुझ्ने मौका मिल्न सक्छ।

हलमा नयाँ नेपाली फिल्म ‘बम बहादुर’ प्रदर्शन भएको छ। ‘पूर्ण बहादुरको सारङ्गी’ र मंसिरमा हलमा लागेको ‘तेलभिसा’ न्यून सो मा चलिरहेको छ। रंगमञ्चमा तीन फरक कथावस्तुमा नाटक ‘पत्थरको कथा’, ‘यशस्वी भव!’ र ‘हरि हजुरबा’ मञ्चन भइरहेको छ।

त्यस्तै अन्य साहित्यक कार्यक्रमलगायत के के हुँदैछन् त?

सर्वनाम थिएटरमा गजल वाचन तथा गायन कार्यक्रम
बत्तिसपुतलीस्थित सर्वनाम थिएटरमा आज प्रेम प्रसाद भट्टराईको एकल गजल वाचन कार्यक्रम हुँदैछ। दिउँसो २ बजे सुरु हुने कार्यक्रममा गायक सीडी विजय अधिकारीको गायन सत्र पनि रहेको छ। कार्यक्रमको सहजीकरण साहित्यकार बाबु त्रिपाठीले गर्नेछन्। गोधुली साहित्य प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा प्रवेश निःशुल्क छ।

आर्ट काउन्सिलमा फोटो प्रदर्शनी
बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा ‘नदीनाला कसका?’ शीर्षकमा प्रदर्शनी चलिरहेको छ। प्रदर्शनी पुस ७ सम्म चल्ने प्रर्दशनीमा नौ महिनाको फेलोशिप कार्यक्रममा सहभागी कलाकारले तयार पारिएको फोटोग्राफी, फिल्म र अन्य बहुसञ्चार सामाग्री प्रस्तुत गरिएको छ। साथै अमन शाहीको ड्रमिङ कार्यशाला, प्रियंका तुलाचनको थकाली खाना पकाउने कार्यशाला, कैलाश राई र सारा टुनिच कोइचको छलफल सेसन पनि रहेको छ।
प्रदर्शनी बिहान ११ बजेदेखि साझ ६ बजेसम्म चल्नेछ। प्रदर्शनीमा प्रवेश निशुल्क छ। प्रदर्शनी फोटो डट सर्कलले आयोजना गरेको हो।

थिएटरमा तीन नाटक

सर्वनाम थिएटरमा ‘पत्थरको कथा’
कालिकास्थानस्थित सर्वनाम थिएटरमा नाटक ‘पत्थरको कथा’ मञ्चन भइरहेको छ। नाटकका नाटककार विजय मल्लको एकाङ्की ‘पत्थरको कथा’ मा आधारित छ। नाटकको परिकल्पना तथा निर्देशन सन्तोष पोखरेल र स्वीकृति मिश्रले गरेका हुन्। नाटकको शनिबार दुई सो हुँदैछ। दिउँसो १ बजे र अपरान्ह ४ बजे। र आज अन्तिम सो पनि हो। शोषक र शोषित वर्गको स्वैरकाल्पनिक कथामा आधारित नाटकमा मदन श्रेष्ठ, श्रृजा खनाल, पूजा कुमारी शाह, सुसन उप्रेती र सोम नेपालीले अभिनय गरेका छन्।

शिल्पशाला कुञ्ज थिएटरमा ‘यशस्वी भव!’
नयाँ बानेश्वरको थापागाउँस्थित शिल्पशाला कुञ्ज थिएटरमा नाटक मा ‘यशस्वी भव!’ मञ्चन भइरहेको छ। नाटकको आज अन्तिम दुई सो हुँदैछ। राम केएसीको लेखन तथा निर्देशनमा बनेको नाटकमा तीन पुस्ताको सम्बन्ध र देखाउन खोजिएको छ। सद्भाव थिएटरको प्रस्तुति रहेको नाटकमा बुढानिलकण्ठस्थित पिक प्वाइन्ट एडुकेसन नेटवर्कमा अध्ययनरत कक्षा ६ देखि ९ सम्मका विद्यार्थीले अभिनय गरेका छन्। जसमा रेशिका श्रेष्ठ, सद्भावना थापा, मनसुन फुँयाल, मञ्जुरी श्रेष्ठ, एञ्जल श्रेष्ठ, सदिक्षा श्रेष्ठ, इरा श्रेष्ठ, अनुष्का श्रेष्ठ, दिपिका श्रेष्ठ, प्रान्तिका श्रेष्ठ, मेलिसा श्रेष्ठ, रवानी श्रेष्ठ राजन रानामगर छन्।

मण्डलामा ‘हरि हजुरबा’
थापागाउँस्थित मण्डला नाटकघरमा पुस ४ देखि नाटक ‘हरि हजुरबा’ मञ्चन भइरहेको छ। नाटकका लेखक, परिकल्पनाकार तथा निर्देशक नाजिर हुसेन हुन्। नाटकमा हुलाकी हरि र द्वन्द्वमा हराएकी नातिनी आउने आशामा बाँचिरहेका हजुरबाको कथा प्रस्तुत गरिएको छ। नाटक शनिबार दिउँसो १ बजे र साँझ ५ः३० बजे गरी दुई सो हुँदैछ। निर्देशक नाजिरसहित नाटकमा विजय बराल, रिय्हुल्साङ् राई, सविना थापा, रोहित शाह, सुजना पाण्डे, मनिष राज पाण्डे र रिसु राउतले अभिनय गरेका छन्। मण्डला थिएटरको प्रस्तुति रहेको नाटकमा दयाहाङ राई र बुद्धि तामाङले लगानी गरेका छन्।

हलमा कुन कुन फिल्म

बम बहादुर
पुस ५ देखि हलमा नेपाली फिल्म ‘बम बहादुर’ प्रदर्शन भइरहेको छ। फिल्मका निर्देशक जोन राई हुन्। फिल्ममा सन १९८६ मा दार्जिलिङमा भएको गोर्खाल्याण्ड आन्दोलनले मानवीय जीवनमा पारेको प्रभावलाई देखाइएको छ। सौगात मल्लको मुख्य भूमिका रहेको फिल्ममा प्रशान्त राई, अनिशा रसाइली, शान्तिाला तामाङलगायत कलाकारको अभिनय छ।

उपत्यकामा शनिबार क्यूएफएक्स सिनेमाज अन्तर्गत राइजिङ मल, सिभिल मल, भाटभटेनी भक्तपुर र सिटी स्क्वायर मलमा फिल्मको ४ सो छ। वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, एफक्यूब सिनेमाज, बिग मुभिज, सिके सिनेमाज, बिएसआर मुभिज, सिडिसी सिनेमाज, रञ्जना सिनेप्लेक्स, सिटी सिनेमाज, विश्वज्योति हल, अष्टनारायण हल, कीर्तिपुर सिनेप्लेक्समा फिल्म ‘बम बहादुर’ प्रदर्शन भइरहेको छ।

मुफासाः द लायन किङ
हलिउड फिल्म ‘मुफासाः द लायन किङ’ पुस ५ देखि नै नेपालमा प्रदर्शन भइरहेको छ। फिल्मका निर्देशक बेरी जेनकिन्स हुन्। एडभेञ्चर र ड्रामा जनरामा बनेको फिल्ममा आरोन पियारे, केल्विन ह्यारिसन जूनियर, सेथ रोजेन मुख्य भूमिकामा छन्।

उपत्यकामा शनिबार क्यूएफएक्स सिनेमाज अन्तर्गत राइजिङ मल, सिटी स्क्वायर मल, भाटभटेनी भक्तपुर, दरबार सिनेम्याक्स, छाया सेन्टर, सिभिल मल, लबिम मलमा फिल्मको ३३ सो छ। वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, एफक्यूब सिनेमाज, बिग मुभिज, सिके सिनेमाज, सिडिसी सिनेमाज, रञ्जना सिनेप्लेक्स, सिटी सिनेमाज, बिएसआर मुभिज, विश्वज्योति हल, अष्टनारायण हल, कीर्तिपुर सिनेप्लेक्समा फिल्म प्रदर्शन भइरहेको छ।

पुष्पा २ः द रुल
मंसिर २१ देखि नेपालमा दक्षिण भारतीय फिल्म ‘पुष्पा २ः द रुल’ उच्च सोसहित तेस्रो सातामा प्रदर्शन भइरहेको छ। फिल्ममा अल्लु अर्जुन, रश्मिका मन्दना, फहाद फासिल, रमेश रावलगायत कलाकारको अभिनय छ। एक्सन, क्राइन, ड्रामा जनरामा बनेको फिल्मका लेखक तथा निर्देशक सुकुमार बान्द्रेडी हुन्।

शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाअन्तर्गत राइजिङ मल, भाटभटेनी भक्तपुर, सिटी स्क्वायर मल, छाया सेन्टर, लबिम मल, सिभिल मल र दरबार सिनेम्याक्समा फिल्मको ४१ सो छ। वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टरमा, आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, एफक्यूब सिनेमाज, बिग मुभिज, रञ्जना सिनेप्लेक्स, सिटी सिनेमाज, सिके सिनेमाज, बिएसआर मुभिज, सिडिसी सिनेमाज, विश्वज्योति हल, कीर्तिपुर सिनेप्लेक्स, अष्टनारायणहलमा फिल्म चलिरहेको छ।

तेल भिसा
मंसिर ७ देखि नै हलमा ‘तेल भिसा’ पनि प्रदर्शन भइरहेको छ। फिल्म डायस्पोरामा सन्तान भेट्न विदेश जाने र उतै पलायन हुने नेपाली समाजको परिवेशलाई प्रस्तुत गरिएको छ। फिल्मका निर्देशक शंकर घिमिरे हुन्। फिल्ममा विपिन कार्की, वर्षा राउत, पुजा लामा, बुद्धि तामाङलगायत कलाकारको अभिनय छ।
शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाजअन्तर्गत सिटी स्क्वायर मल र सिभिल मल र एफक्यूब सिनेमाजमा फिल्मको सो छ।

पूर्ण बहादुरको सारङ्गी
गत कात्तिक १५ देखि हलमा चलिरहेकाे फिल्म  ‘पूर्ण बहादुरको सारङ्गी’ ले ५१ दिन मनाइसकेकाे छ। सर्वाधिक कमाउने फिल्म गन्धर्व समुदायको कथामा आधारित छ। फिल्ममा विजय बराल, अञ्जना बराइली, प्रकाश सपूत, मुकुन भुसाललगायत कलाकारको अभिनय छ। फिल्मका निर्देशक सरोज पौडेल हुन्।

शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाजअन्तर्गत सिभिल मल, भाटभटेनी भक्तपुर, लबिम मल, सिटी स्क्वायर मलमा फिल्मको ४ सो छ।

आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल, एफक्यूब सिनेमाज, बिग मुभिज, सिडिसी सिनेमाज, रञ्जना सिनेप्लेक्स, सिके सिनेमाज, बिएसआर मुभिज, विश्वज्योति हलमा फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ प्रदर्शन भइरहेको छ।

प्रकाशित: ६ पुष २०८१ ६:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast