एनसेलले ल्यायो अनलिमिटेड डेटा सापटी सुविधा

हिमाल प्रेस ४ पुष २०८१ १९:५२ | Thursday, December 19, 2024
एनसेलले ल्यायो अनलिमिटेड डेटा सापटी सुविधा

काठमाडौँ- एनसेलका ग्राहकले अब अनलिमिटेड डेटा सापटी लिन सक्नेछन्। सापटी सुविधालाई थप विस्तार गर्दै एनसेलले आफ्ना ग्राहकहरूलाई अब ब्यालेन्स नभएको बेलामा एक दिन समयसीमा रहेको अनलिमिटेड डेटा सापटी लिन सकिने सुविधा ल्याएको हो।

यो सेवाअन्तर्गत आफ्नो मेन ब्यालेन्स रू. ५ भन्दा कम भएका प्रिपेड ग्राहकहरूले २४ घण्टा समयसीमा भएको अनलिमिटेड डेटा सापटी लिनसक्ने एनसेलले जनाएको छ। एनसेलले यो सुविधा पुस १ गतेबाट दिन थालेको हो।

समयसीमा एक दिन रहेको अनलिमिटेड डेटाको शुल्क करसहित रू. ५० रहेको छ। ग्राहकले यो डेटा सापटी लिएपछि २४ घण्टासम्म एनसेलको मोबाइल इन्टरनेट सेवाको फाइदा उठाउन सक्नेछन्।

एक दिने अनलिमिटेड डेटा सापटी लिन ग्राहकले डायल गर्नुपर्ने हुन्छ। सापटीमार्फत लिएको डेटाको शुल्क ग्राहकले ब्यालेन्स रिचार्ज गरेपछि काटिने छ।

करसहितको सेवा शुल्क रू.२.४८ र एक दिने अनलिमिटेड डेटाको रू.५० गरी कुल रू.५२.४८ काटिने छ। सिम लिएर सेवा लिन थालेको कम्तीमा ३० दिन भएका ग्राहकहरूले यो डेटा सापटी लिन सक्नेछन्।

अनलाइनबाटै हाल जारी नेपाल प्रिमियर लिग खेलहरू हेर्न लगायत इन्टरनेट सेवाको फाइदा लिन यो सुविधा उपयोगी हुने विश्वास एनसेलले लिएको छ।

एनसेलले यो अनलिमिटेड डेटाबाहेक रू.४० ब्यालेन्स सापटी, तीन दिन समयसीमाको ९० मिनेट अल नेपाल टक टाइम सापटी सुविधामार्फत प्रदान गर्दै आएको छ।

प्रकाशित: ४ पुष २०८१ १९:५२ | Thursday, December 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast