‘वसन्त’ को छायांकन सकियो, प्रदर्शन कहिले?

हिमाल प्रेस ४ पुष २०८१ १६:११ | Thursday, December 19, 2024
‘वसन्त’ को छायांकन सकियो, प्रदर्शन कहिले?

काठमाडौँ- फिल्म ‘वसन्त’ को छायांकन सकिएको छ। निर्माण टिमले दिएको जानकारी अनुसार ३८ दिनमा फिल्मको सम्पूर्ण छायांकन सकिएको हो।

फिल्म गायक तथा कलाकार प्रकाश सपुतले निर्देशन गरेका छन्। याे उनकाे डेब्यु निर्देशन हाे। फिल्मकाे मुख्य भूमिकामा पनि प्रकाश नै छन्।

फिल्म सपूतको जन्मथलो बागलुङसहित काठमाडौँ र तराईका विभिन्न ठाउँमा छायांकन गरिएको छ। फिल्म आगामी चैत २२ मा चैते दसैंको अवसरमा प्रदर्शन गर्ने टिमको तयारी छ।

फिल्ममा आरन व्यावसाय गर्ने विपन्न वर्गका सन्तान वसन्तको लेखक बन्ने सपना र संघर्षको कथा प्रस्तुत गरिएको टिमले जनाएको छ। सोसल ड्रामा जनरामा बनेको फिल्मको कथा, पटकथा र संगीत पनि सपुतले नै तयार पारेका हुन्।

फिल्म निर्माणमा निकै मेहनत गरेकाले आफूले सोचेको र खोजेकै जस्तो रिजल्ट निस्कनेमा निर्देशक सपुतको विश्वास छ। प्रकाशसहित फिल्ममा स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, खड्क बहादुर पुन (खबपु), शिवांशी श्री, अनुप बराल, कमलमणि नेपाल, प्रकाश घिमिरेलगायतका कलाकारको अभिनय गरेका छन्।

यसअघि फिल्मकाे टाइटलसँगै टिजर सार्वजनिक भइसकेकाे छ। फिल्ममा कमलमणि नेपालका छोरा बनेका छन् प्रकाश।  अभिनेत्री स्वस्तिमा खड्का शान्ति पात्रको भूमिकामा देखिनेछिन्।

गलबन्दी प्रोडक्सनको प्रस्तुति रहने फिल्मको कार्यकारी निर्मातामा मोहन विश्वकर्मा, अनुरोध भट्टराई र नाना थकाली छन्। सिनेमालाई सुसन प्रजापतिले खिचेका हुन्।

प्रकाशित: ४ पुष २०८१ १६:११ | Thursday, December 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast