काठमाडौँ- नेपाली बजारमा सुनको मूल्य घटेको छ। आज सुन तोलामा एक हजार ७०० रुपैयाँले घटेर एक लाख ४९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ। बुधबार एक लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। चाँदी तोलामा ५५ रुपैयाँले घटेर प्रतितोला एक हजार ७८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बुधबार चाँदी प्रतितोला एक हजार ८३५ रुपैयाँमा खरिद–बिक्री भएको थियो।
प्रकाशित: ४ पुष २०८१ ११:०० | Thursday, December 19, 2024
प्रतिक्रिया




