काठमाडौँ- बझाङमा लगातार भूकम्पको धक्का महसुस भएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार दिउँसो ३ बजेर २ मिनेट जाँदा बझाङको धमेना केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको हो।
मंगलबार पनि साँझ ५ बजेर ८ मिनेटमा बझाङकै तलकोट, रुपातोला र धमेनाबीचको क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो।
प्रकाशित: ४ पुष २०८१ ६:१७
प्रतिक्रिया