काठमाडौँबाट हुण्डी कारोबारमा संलग्न चार जना पक्राउ

हिमाल प्रेस ३ पुष २०८१ १७:४४ | Wednesday, December 18, 2024
काठमाडौँबाट हुण्डी कारोबारमा संलग्न चार जना पक्राउ

काठमाडौँ- हुण्डी कारोबारमा संलग्न चार जनालाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ।

काठमाडौँ महानगरपालिका–९ एयरपोर्ट शम्भुमार्ग क्षेत्रबाट प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा काठमाडौँ–३२ दोभानपुल बस्ने ४६ वर्षीय राजकुमार माली, काठमाडौँ–१० नयाँ बानेश्वरका १८ वर्षीय आवाद सिंह, झापा विर्तामोड–५ का २७ वर्षीय युवराज सुवेदी र झापा अर्जुनधारा–७ घर भई हाल काठमाडौँ–७ बस्ने ३२ वर्षीय प्रवेशकुमार पौडेल रहेका छन्।

उनीहरूको साथबाट स्रोत नखुलेको ६८ लाख नगद, रकम उल्लेख गरिएका पाँच थान चेक, क्रेटा कारलगायतका समान बरामद गरिएको प्रहरीले जनाएको छ।

शम्भुमार्गमा प्रदेश ३–०१–०२२ च १९७२ नम्बरको कारमा हुण्डी कारोबार भइरहेको गोप्य सूचनाको आधारमा प्रहरीले चेकजाँच गरेको थियो।

प्रकाशित: ३ पुष २०८१ १७:४४ | Wednesday, December 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast