काठमाडौँ- बुधबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेको हो।
मंगलबार तोलामा १ लाख ५१ हजार ४ सय रूपैयाँमा कारोबार भएको सुन आज १ लाख ५० हजार ७ सय रुपैयाँ कायम भएको छ। यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। चाँदी तोलामा ५ रूपैयाँले घटेर प्रतितोला १ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
प्रकाशित: ३ पुष २०८१ ११:०३
प्रतिक्रिया